महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक गम्भीर घाइते

Posted on: 18 Mar, 2019

चैत ४, महोत्तरी । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका—५ टुटेश्वर चोकमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यू हुनेमा  धनुषाको मिथिला नगरपालिका–१०, का ३३ वर्षीय मनोज भट्टराई रहेका छन् । भट्टराई ज१२प १६४९ नम्बरको मोटरसाईकल चढि सर्लाहीबाट पूर्व तर्फ जाँदै थिए । यात्राका क्रममा बर्दिबासको  टुटेश्वर चोकमा पुगेपछि सोहि दिशा तर्फ गइरहेको ज१त ४७३३ नम्बरको ट्याक्टरलाई भट्टराई सवार मोटरसाइकल अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर घट्नास्थलमै उनको मृत्यू भएको बर्दिबास प्रहरीले जनाएको छ । 

दुर्घटनामा अर्का गम्भीर घाइते भएका सर्लाहीको  लालबन्दी नगरपालिका–९ का सञ्जय खतिवडा रहेका छन् । खतिवडालाई उपचारकोलागी बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंको ट्रमा सेन्टर अस्पतालमा लगिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!