दाङमा जिपको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 23 Mar, 2019

चैत ९, दाङ । शनिवार विहान दाङ्गको तुल्सीपुर उप–महानगर–२ को नन्दगाउँस्थित जिपको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । 

तुल्सीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ च ३४६ नम्वरको पिकपअप जिपले विपरित दिशा तर्फबाट आउँदै गरेको बा ९७ प ५८६२ नम्वरको मोटरसाईललाई ठक्कर दिदा त्यसका चालक दंगीशरण गाउँपालिका–६ थापागाउँका १८ बर्षिय गोरख चौथरीको ज्यान गएको हो ।

उनको घटना स्थल मै ज्यान गएको र जिप नियन्त्रणमा लिईए पनि नाम नखुलेका चालक फरार रहेकोले खोजी कार्य तिब्र पारिएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी बिनोद विक्रमभ शाहले जानकारी दिए । मृतको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको शाहले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!