अछाममा ४ हजार ६ सय १ जना परिक्षार्थीले एसईई दिँदै, ३९ बिद्यार्थि अयोग्य

Posted on: 23 Mar, 2019

कमल रावल, चैत ९ अछाम । आईतबार (भोलि) देखी देशब्यापी रुपमा सञ्चालन हुन लागेको यो वर्षको माध्यामिक तहको परिक्षा (एसईई) का लागि अछामका ३९ जना बिद्यार्थि अयोग्य भएका छन । जिल्लाभरीमा २२ जना छात्र र १७ छात्राले परिक्षा दिन नपाँउने भएका हुन । बिद्यालयमा ८० प्रतिशत उपस्थित नभएका वा माध्यमिक शिक्षा परिक्षा (एसईई) को लागि आवस्यक प्रक्रिया नपुगेका उनीहरुले परिक्षामा सहभागि हुन नपाँउने शिक्षा विकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीले बताँउनुभयो ।  अछाम जिल्लामा २३ वटा परिक्षा केन्द्र तोकिएको छ भने सबै परिक्षा केन्द्रहरुमा प्रश्नपत्र, उत्तरपुस्तिका पुगीसकेको, सुरक्षा प्रबन्ध लगायत अन्य सबै व्यवस्थापनको काम समेत सम्पन्न भईसकेको गिरीको भनाई छ । यो वर्ष अछाममा ४ हजार ६ सय १ जना परिक्षार्थी एसईई परिक्षामा सहभागि हुँदैछन् । जसमध्ये नियमित तर्फ ४ हजार २ सय ८४ जना, ग्रेड बृद्धि तर्फ १ सय ७४ जना, पुराना ग्रेड वृद्धि तर्फ १ सय ७६ जना र प्राविधिक तर्फ ९९ जना रहेका छन । जिल्लाभरीबाट छात्र २ हजार २ सय ४३ र छात्रा २ हजार २ सय ५८ ले परिक्षामा सहभागिता जनाउँन लागेको शिक्षा विकास तथा समन्वय ईकाई अछामले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!