निर्मला हत्या प्रकरण : साढे१० लाख धरौटीमा छुट्ने भए एसपी डिल्लीराज विष्ट

Posted on: 24 Mar, 2019

चैत १०, महेन्द्रनगर | निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका तत्कालिन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ।

कंचनपुर जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासमा भएको थुनछेक बहसपछि बिष्टलाई धरौटीमा छाड्न आदेश दिईएको हो । उनलाई यातना कसुरमा ६ लाख र प्रमाण नष्ट गरेको कसुरमा ४ लाख ५० हजार धरौटी माग गरिएको छ । 

एसपी विष्टलाई सार्वजनिक न्याय विरुद्व(प्रमाण नष्ट गरेको) र यातना कसुरको मुद्दा लागेको थियो । अदालतको आदेशसँगै विष्टले धरौटी बापतको रकम बुझाए धरौटीमा रिहा हुने र नबुझाए कारागार पठाइनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!