पहिरोमा परी महिलाको मृत्यु

Posted on: 24 Mar, 2019

चैत १०, चैनपुर (रासस) | बझाङ केदारस्युँ गाउँपालिका–४ खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोमा चार महिला घाइते भएका छन् । 

सिँचाइ नहरका लागि बालुवा निकाल्दै गर्दा आज अपराह्न पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा ३५ वर्षीया मनादेवी भट्टको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष भक्तप्रसाद भट्टले जानकारी दिनुभयो । 

घाइते हुनेमा सोही ठाँउका निर्मला भट्ट, जानकी भट्ट, कलादेवी भट्ट र हंसा भट्ट छन् । घाइतेमध्ये कलादेवी र हंसाको अवस्था सामान्य छ भने निर्मला र जानकीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको देउरा स्वास्थ्यचौकीमा उपचार भैइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!