रेस्टुरेन्टमा प्रहरीको छापा: २८ विदेशीसहित ५८ जना पक्राउ

Posted on: 25 Mar, 2019

चैत ११, पोखरा । पोखराको एक रेस्टुरेन्टबाट विदेशीसहित ५८ जना पक्राउ परेका छन्। लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा आयोजित ट्रान्सपार्टीमा होहल्ला भएपछि प्रहरीले आइतबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

नियन्त्रणमा लिइएका २८ विदेशीलाई भने छाडिसकिएको साहले बताए । होहल्ला गर्नमा विदेशीको संलग्नता नभेटिएपछि छाडिएको जानकारी उनले दिए ।

बाँकी युवाको समूहलाई बैदाम प्रहरी पोस्टमा राखेर अनुसन्धान भइरहेको साहले बताए । प्रहरीले रेस्टुरेन्टबाट ठूलो मात्रामा लागूऔषधसमेत बरामद गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!