अवरुद्ध विद्युत सञ्चालनमा

Posted on: 26 Mar, 2019

चैत्र १२  खोटाङ | अवरुद्ध विद्दुत संञ्चालनमा आएको छ । सोमबार राती वर्षासँगै आएको हावाहुरीका कारण अवरुद्ध विधुत मंगलबार दिउँसोदेखी सञ्चालनमा आएको हो । 

उदयपुरको लिगलिगे खोलामा रुख लडेर अवरुद्ध भएको विधुतलाई तत्काल प्राविधिक टोली खटाएर सञ्चालनमा ल्याइएकोे विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । अवरुद्ध विधुत सञ्चालनमा आएपछि खोटाङसहित छिमेकी जिल्ला ओखलढुंगाका सेवाग्राहीलाई दैनिक कामकाजमा सहज भएको छ । खोटाङमा १२ हजार ८ सय ८ जना यसका ग्राहक छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!