गुरुयोजना तर्जुमा गर्न सुझाव संकलन

Posted on: 30 Mar, 2019

चैत १६, सुर्खेत । प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले नगर गुरुयोजना तर्जुमा सम्बन्धि जनप्रतिनिधि तथा विज्ञहरुसँग सुझाव संकलन गरेको छ । वीरेन्द्रनगरको समृद्धि गर्न गुरुयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सुझाव संकलन गरिएको हो ।

सुझाव संकलन तथा अभिमुखिकरणमा बोल्दै वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख देबकुमार सुबेदीले नगरको गुरुयोजना तयार पार्ने कुरामा नगरवासीको एकता आवश्यक रहेको बताए । ‘सिंगो कार्यपालिकाको एकताबाट वीरेन्द्रनगरको समृद्धि र योजनाबद्ध नगर शहरको रुपमा विकसित गर्ने आधारमा हामी कटिद्ध छौं’ सुवेदीले भने । क्षतिपुर्ती दिएर निर्माण र समृद्धिको परिकल्पना समेत गर्न नसकिने राजनैतिक विज्ञहरुसँग उनको आग्रह थियो । 

नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले गुरुयोजना कस्तो खाले बनाउने भन्ने कुरामा बिबिध क्षेत्रसँगै बिभिन्न वडाहरुमा गएर वडास्तरिय छलफल गर्न जरुरी रहेको बताईन् । उपप्रमूख ढकालले वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानीको नगरपालिका भएकाले यसलाई व्यबस्थित शहरको रुपमा अगाडी बढाउने मान्यता रहेको जानकारी दिइन् । ‘नगरपालिकाको न्यायिक समितिका मुद्दा फाँटमा जग्गा सम्बन्धि समस्याका मुद्दा दर्ता भएको भन्दै उपप्रमुख ढकालले जुन खालका समस्या र जुन खालका मुद्दाहरु अगाडी बढेका छन, यस्ता खाले समस्या र मुद्धाहरु दर्ता हुन नदिन व्यबस्थित शहरको रुपमा विकास गर्नुपर्ने बेला आएको छ’ ढकालले भनिन् ।

नगर गुरुयोजना तर्जुमा सम्बन्धि जनप्रतिनिधि तथा विज्ञहरुसँगको सुझाव संकलन तथा अभिमुखीकरण कार्यक्रममा सहरी योजना तथा आवास बिकास विज्ञ एवं वास्तुकला विदका टिम लिडर ईश्वर जोसीले कार्यपत्र प्रस्तुत् गरेका थिए । कार्यपत्रमा नगर शहरका प्रमुख चुनौति र समाधानका बिषयमा उल्लेख गरिएको छ । २०३३ सालमा वीरेन्द्रनगर स्थापना भएपनि ४२ बर्षको अवधिमा जम्मा ४० किलोमिटर बाटो मात्रै पीच भएको कार्यपत्रमा उल्लेख छ । 

कार्यक्रममा सहभागीहरुले पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्ने, बिगतमा बनेको माथेमा आयोगलाई निरन्तरता दिनुपर्ने, जग्गा पास तथा नक्सा पास फुकुवा गर्नुपर्ने भन्दै गुरुयोजना निर्माण स्वागत योग्य कदम भएको प्रतिक्रिया दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!