चिंगाड एकता समाजमा जिसी

Posted on: 30 Mar, 2019

चैत १६, सुर्खेत । वीरेन्द्रनगरमा चिंगाड एकता समाज गठन गरिएको छ । चिङ्गाड क्षेत्रको विकासमा हातेमालो गर्ने उद्देश्यका साथ चिङ्गाड एकता समाजको तदर्थ समिति गठन गरिएको हो ।

चिङ्गाडका युवाहरुको भेलाले समाजको तदर्थ समितिको अध्यक्षमा धर्मराज जिसीलाई चयन गरेको हो । १३ सदस्यीय समितिको उपाध्यक्षम उषा थापा, महासचिवका खड्क बहादुर चन्द, सचिवमा मिरा रोकाय र कोषाध्यक्षमा गिता रिजाल चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा कृष्णा राना, दुर्गा जि एम, सिता रिजाल, कमला चन्द , घनश्याम राना, झुपु खान ठकुरी, नर बहादुर वि सी र ओम बहादुर खाँण छन् । एकता समाजले नाफारहित पूर्ण रुपमा सामाजिक काम र विकृति विसंगतीका विरुद्ध खबरदारी गर्ने समाजका महासचिव खड्क बहादुर चन्दले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!