भाईद्धारा दाईको दुबै हात र टाउकोमा खुकुरी प्रहार

Posted on: 30 Mar, 2019

चिसाङ शेर्पा | चैत्र १६, खोटाङ | खोटाङमा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरेका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङदेल सिमपानी बबुका २५ वर्षीय अष्ट बहादुर राईलाई निजका सहोदर भाई र भाईका ससुरा मिलेर खुकुरी प्रहार गरेका हुन् ।

शनिबार अष्ट बहादुरलाई उनका सहोदर भाई २२ वर्षीय वालजित राई र निज वालजितका ससुरा ५०/५२ वर्षीय तुले राईले दुबै हात र टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले बताए । खुकुरी प्रहारबाट दुबै हातमा गहिरो चोट लागेको छ । घाईतेलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । 

खुकुरी प्रहार गर्ने वालजितलाई सोही स्थानको सिमपानी बबुबाट पक्राउ परेका छन् । घट्नामा संलग्न अर्का तुले भने फरार रहेका छन् । के कारणले खुकुरी प्रहार भएको भन्ने कारण खुल्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!