खोडपे-बझाङ सडकखण्ड अवरुद्ध, यस्तो छ कारण

Posted on: 31 Mar, 2019

कृष्ण बिष्ट । चैत्र १७, बैतडी । शनीबार साँझदेखि खोडपे बझाङ् सडकखण्ड अबरुद्ध भएको छ । जयपृथ्बी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ९ बिन्राबनमा तेल ट्याङ्र सडकमा फसेपछि सो राजमार्ग अबरुद्ध भएको हो ।  

धनगडी देखि बझाङ जादै गर्दा शुक्रबार साँझ ना ४ ख ९९१३ नं को ट्याङ्कर नालीमा फसेपछि सवारीसाधनहरु अबरुद्ध भएको खोडपे प्रहरी चौकीले जनाएको छ । 

राजमार्ग अबरुद्ध भएसँगै लामो तथा छोटो दुरीका सवारीसाधनहरु चल्न नसकेको खोडपे प्रहरी चौकीका प्रहरी इन्चार्ज कृष्णमान चौधरीले जनकारी दिनुभयो । यसरी सवारी साधन सञ्चचालनमा नआउदा यात्रुहरु गन्तब्यतर्फ जान नसक्दा समास्या भएको छ । 

नालीमा फसेको तेल ट्याङ्करलाई निकालेर सडक खोल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!