ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

Posted on: 31 Mar, 2019

माधब बेल्बासे | चैत्र १७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा राजस्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको ज्यान गएको छ ।

ज्यान जानेमा शिवराज नगरपालिका १, भलुहीका मनिराम थारुका छोरा २२ वर्षीय सनी थारु रहेका छन् । गत राति करीब १ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४१२६ नम्बरको ट्रक जिल्लाको चन्द्रौटा खसी बजारस्थित राजस्व चेकप्वाइन्टमा रोकिएको थियो । लु ४८ प ६९२८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बताइएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका थारुलाई सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!