ओखलढुंगामा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते

Posted on: 31 Mar, 2019

चैत १७, काठमाडौं । ओखलढुंगाको डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कारपियो मानेभञ्ज्याङ- ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको हर्कपुर प्रहरी चौकीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!