बख्रेल बन्धु समाजको बृहत भेला सम्पन्न

Posted on: 31 Mar, 2019

चैत १७, मकवानपुर | बख्रेल बन्धु समाजको  आयोजनामा बृहत भेला तथा बनभोज कार्यक्रम सम्पन्न भइको छ । 

काठमान्डौमा भएको कार्यक्रममा देशभर बाट बख्रेल बन्धुहरुको सहभागिता रहेको थियो । भेलाले २ बर्षको लागि पुरुषोत्तम कुमार बख्रेलको अध्यक्षतामा ११ सदस्य केन्द्रिय कार्यसमिती गठन गरेको छ। समितीको उपाध्यक्षमा पुन्य प्रसाद बख्रेल, सचिबमा सागर प्रसाद बख्रेल, कोषाध्यक्ष उमेश बख्रेल चयन हुनुभएको छ। 

त्यस्तै विभिन्न जिल्ला बाट ७ सदस्य चयन हुनुभएको छ भने  सिन्धुली, रामेछाप, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, चितवन, सर्लाही, महोत्तरी, मोरङ, नुवाकोट, लमजुङ, कास्की, लगाएत १५ जिल्लामा जिल्ला संयोजन पनि चयन गरिएको थियो ।   बाँकी जिल्लाका संयोजक पछि चयन गर्ने निर्णय गरिएको अध्यक्ष पुरुषोत्तम बख्रेलले बताउनुभयो । त्यस्तै समाजको प्रमुख सल्लाहकारमा कास्कीका हिमालय बख्रेल चयनहुनुभएको छ । भेलाले वंशावली तयार गर्ने, माहायज्ञ लगाउने, सहकारी संस्था संचालन, स्कुल संचालन, वृद्वा आश्रम संचालन लगाएत सेवामूलक कार्य गर्ने विषयमा छलफल भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!