असिनाबाट बालीमा क्षति

Posted on: 31 Mar, 2019

 चैत १७, पोखरा । विगत दुई दिनमा असिना पर्दा पोखरालगायत क्षेत्रका बालीनालीका साथै फलफूल खेतीमा ठूलो क्षति पुगेको छ । हावाहुरीका साथै वर्षासँगै असिना परेपछि खेतमा लगाइएका गहुँबाली, तरकारीका साथै लिच्ची, आँप र सुन्तलामा क्षति पुगेको पोखरा–२१ का कृषक टीकाराम भण्डारीले जानकारी दिनुभयो । 

आज अपराह्न वर्षासँगै परेको असिनाले पोखराका सडकहरु करीब १५ मिनेटसम्म ढाकिएका थिए । वर्षासँगै असिना परेपछि पोखरामा सामान्यतया जाडो वृद्धि भएको छ । यसैबीच रुपा गाउँपालिकामा असिनाले तरकारी र फलफूल खेतीमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी गराउनुभयो । तरकारीका टनेल, फलफूलका बालीको क्षतिका साथै कतिपयको घरको छानामा राखिएका पानीको ट्याङ्कीसमेत असिनाका कारण फुटेको उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!