गर्भवती र सुत्केरी महिलालाई “वडा कार्यलयको केसेली”

Posted on: 31 Mar, 2019

कृष्ण बिष्ट | चैत्र १७, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ ले गर्भवती र सुत्केरी महिलाहरुलाई  “वडा कार्यलयको कोसेली” प्रदान गरेको छ । वडा भित्र रहेका ४६ जना सुत्केरी तथा  गर्बवती महिलाहरुलाई  वडा कार्यालयको तर्फबाट पोषणयुक्त कोशेली वितरण गरिएको हो । 

आमा र बच्चाको स्वास्थ्यमा सुधार आओस भन्ने हेतुले पोषणयुक्त खानेकुराहरु र सरसफाइका समाग्रीहरु बितरण गरेको वडा नं ९ का अध्यक्ष एवम पाटन नगरपालिकाका नगर प्रबक्ता लोक बहादुर भण्डारीले जानकारी दिनुभयो । सुत्केरी भएको ६ महिना पुगेका आमा र गर्भवपतीहरुलाई १ किलो घिउ, १ क्रेट अण्डा, अयोडिन नुन र साबुन प्रदान गरीएको उहाले बताउनुभयो । 

सुत्केरी  महिला र गर्भवती महिलाहरुले पोयष्णयुक्त खानेकुरा र सरसफाईका विभिन्न सामग्री प्राप्त गरेपछि खुसी भएका छन । आमा र बच्चाको स्वास्थ्यमा सरसफाइका समाग्री बितरणले फाइदा पुग्ने भएकाले खुसी लागेको वडा नं ९ स्थित धारापनीकी उर्मा बिकले बताउनुभयो ।  वडा कार्यालयको तर्फबाट स्वास्थ्य सम्बन्धिका यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनु पर्नेमा उहाको जोड थियो ।  

बैतडीको सन्दर्भमा चैत्र महिना दिदि बहिनीहरुलाई भेटघाटको महिना समेत भएकाले यो अवसरमा गर्भवती र सुत्केरी आमाले वडा कार्यालयको कोसेली प्राप्त गर्दा खुसी भएका हुन । यस कार्यक्रममा सुआहाराको प्राबिधिक सहयोग रेहेको जनाइएको छ । 


आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनको लागि यस वडा लाई कुपोषण मुक्त वडा बनाउन नया अवधारणा अघि सारेको पनि वडा अध्यक्ष भण्डारीले बताउनुभयो । 

यस्तै आज भएको वडा कार्यालयको कोसेली बितरण कार्यक्रममा वडा भित्रका ५ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि सम्मान गरिएको छ । वडाभित्र सुत्केरी र गर्भवति महिलाहरुको तथ्याङ संकलनमा सहजिकरण गरेकाले  प्रोत्साहन स्वरुप दोसल्ला ओडाएर सम्मान गरिएको  हो । 


माथिको तस्बिरमा: समाबेस गरीएको पोषणयुक्त खानेकुरा र सरसफाइका समाग्री बितरण गरीदै: कृष्ण बिष्ट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!