नमूना प्रश्नसँग हुबहु मिलेपछि...

Posted on: 31 Mar, 2019

चैत १७, काठमाडौँ (रासस) | सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले आफ्नो मातहतका विद्यालयमा कक्षा ८ को परीक्षा पुनः लिने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार, अघिल्लो वर्षको नमूना प्रश्नसँग यसपालीको प्रश्न हुबहु मिलेको पाइएपछि परीक्षा दोहोर्याउनु परेको हो । 

उक्त गाउँपालिका मातहतका १४ वटा विद्यालयमा यही चैत १९ गतेदेखि २६ गतेसम्म पुनःपरीक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

गाउँपालिकाले मातहतका विद्यालयमा अन्तिम परीक्षा यही चैत १० देखि १८ गतेसम्म सञ्चालन गरिरहेको थियो । सञ्चालन भइरहेको परीक्षा रद्द हुँदा ४८८ जना विद्यार्थी प्रभावित भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!