भूकम्प भन्दा पनि खतरनाक तराइको आँधीबेहरी, पक्कि घर समेत ढले (१० तश्वीर)

Posted on: 01 Apr, 2019

चैत १८, काठमाडौँ | आइतबार असिना संगै आएको आँधीबेहरीले बारा र पर्साका केहि गाउँमा ठूलो धन-जनको क्षेती पुर्याएको छ । आँधीको कारण पक्की घरहरु समेत ढलेका छन् । यो आधी हालसम्मकै विनासकारी भएको जानकारहरूको भनाई छ ।

बाराको फेटा गाउँपालिका-१ को भर्वलिया र सोही गाउँ पालिकाको वडा नम्बर ६ को पुरैनियामा आँधीबेहरीले धेरै धनजनको क्षति पुर्याएको छ । त्यस्तै कलैयामा पनि क्षेती छ । भर्वलियाका ७५ प्रतिशत भन्दा बढी घरमा क्षति पुगेको छ । उता पुरैनियामा बढी मानिसको मृत्यु भएको छ । आँधीबेहरीकै कारण उक्त स्थानमा ९ जनाको मृत्यु भएको छ । 


उक्त स्थानमा बढीभन्दा बढी घर फुस र खबटाले छाएका हुन्छन्, ति सबै उडाएर तितरबितर पारिएको छ । हावाहुरीले सबै बिकासको संरचनामा समेत प्रभाव पारेको छ । बिजुलीका पोलहरु ढलेको कारण बिजुली छैन । कयौं रुख र हाँगाहरु भाच्चियएर बाटोहरु बन्द भएका छन् । 


तश्वीर: फेटा गाउँपालिका

यस बिषयमा तपाइको प्रतिक्रिया...!