भिरबाट लडेर मृत्यु

Posted on: 02 Apr, 2019



पर्वत ।

बिहादी गाउँपालिका ३ रानीपानीमा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।  रानीपानी बाँयडाडामा बस्ने २१ वर्षिय श्रीलाल दर्जीको भिरबाट लडेर मृत्यु भएको हो ।

मदिरा सेवन गरी घरफर्किने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शब एक सय मिटर तल खोलामा खसेको अवस्थामा फेला परेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!