निर्माणधिन रेल्वे परियोजनाको लिक रेल नचल्दै भत्किएपछि...

Posted on: 02 Apr, 2019

चैत १९, विराटनगर । विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला भत्किएको छ । भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण गरिएको ढल निकास नाला सामान्य हावा पानी आउँदा भत्किएको हो ।


निर्माणधीन रेल्वे परियोजनाको लिकमा भारत बथनाहादेखि बिराटनगर कस्टम यार्डसम्म रेलको इञ्जिन परीक्षण गरिएको थियो । नेपाल तर्फ इञ्जिन परीक्षण गरिएको क्षेत्रमा करिब एक सय ८० मिटर ढल नाला भासिएको छ । रेल्वे परियोजनाको निर्माण भारतीय कम्पनी इरकोणले गरिरहेको छ ।

काम चलिरहेका बेला शनिवार राति आएको असिना पानीले लिकको बीचमा निर्माण गरिएको नाला भत्किएको इरकोनका कर्मचारी संजीवकुमार देवले बताए । उनका अनुसार निर्माण भएको ६५० मिटर नालामध्ये करिब १८० मिटर नाला धसिएको हो ।

नाला रेलको लिकको बीचबाट पानी तथा ढल निकासाका लागि बनाइएको हो । नेपाल कस्र्टम यार्डमा निर्माण भएको पर्खालमा पनि असिना पानीले असर गरेको छ ।

निर्माणधीन रेल्वे परियोजना भारत बनथाहादेखि विराटनगर हुँदै कटहरी गाउँपालिका –२ सम्म १८.१ किलोमिटर लम्बाई छ । सो मध्ये ८ किलोमिटर क्षेत्रमा काम

अन्तिम चरणमा पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!