अछाममा चट्याङ लागेर १० जना घाईते

Posted on: 02 Apr, 2019

कमल रावल, चैत १९, अछाम । अछामको रामारोशन गाउपालिका वडा नम्बर ५ सल्लेसैनमा चट्याग लागेर १० जना घाईते भएका छन । गएराति साढे ७ बजे सर्जने परियारको घरमा एक्कासि चट्याग पर्दा एकै घरका १० जना घाईते हुनुका साथै घरमा पालेको भैसि समेत मरेको छ । 

घाईते हुनेमा चन्द्रा परियार, खन्टी कुमारी परियार, रुपा परियार, दानकला परियार, दिपा परियार, दिनेश परियार लगाएतका सदस्य रहेका छन । जसमध्ये खन्टी परियारको अबस्था गम्भीर रहेकाले अहिले वडा नम्बर ५ को स्वास्थ्य चौकीमा उपचार भईरहेको वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण परियारले बताउनु भयो । 

बाकी बिस्तृत जानकारीका लागि शान्तडा प्रहरी चौकीका ईञ्चार्ज भरत रोकायाको टोलिले घटनास्थल खटाईएको अछाम प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले बताउनु भयो । गएरातिको चट्यागले वडा नम्बर ६ मा जडान गरिएको ईन्टरनेट सेवामा समेत क्षति पुरयाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!