बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

Posted on: 02 Apr, 2019

चैत १९, बैतडी । बैतडीमा मंगलवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका १ का सडक मजदूर २३ वर्षीय तपेन्द्र पुन मगर रहेका छन् ।

जिल्ला सदरमुकाम गोठलापानीवाट महाकाली नदीमा बालुवा ल्याउन जान लागेको से १ त ७०३७ नं को ट्याक्टर मंगलवार दिउँसो साढे २ बजे दशरथचन्द नगरपालिका १० बाराकोटमा दुर्घटनामा परेको हो । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा रहेका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नेत्र बहादुर कुवँरले बताउनुभयो ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा भएको र उक्त ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक दाङ शान्तीनगर ६ का रमेश चौधरी शकुसल रहेका छन् । चालक चौधरीलाई प्रहरीको नियन्त्रण रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!