जुम्लामा चार बर्षीया बालिकामाथी ४८ बर्षीयद्धारा यौनदुव्र्यवहार

Posted on: 02 Apr, 2019

 सा.स | चैत १९, जुम्ला | चार बर्षीया बालिकालाई यौनदुव्र्यवहार गरीएको छ । चन्दननाथ नगरपालिका – ४ भारतीवाडाका ४८ बर्षीय श्याम भारतीले सोमबार दिउसो एक चार बर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेका हुन् । 

उनलाई प्रहरीले चैत १८ गते साँझ नै पक्राउ गरेको छ । पीडित बालिकाका आफन्तले जिल्ला प्रहरीमो बाल यौनदुव्र्यवहारको निवेदन दिएपछि भारती पक्राउ परेका हुन् । प्रहरी निरीक्षक नविन ओलीले भनिन्, पीडित पक्ष आरोपितको दवावमा मिलापत्र गर्न खोज्दै थिए, तर सार्वजनिक भईसकेको घटनाबारे प्रहरीले अडान लिएपछि मात्र  पीडित पक्षले जाहेरी दर्ता गराएका छन् ।   

उनका अनुसार भारतीवाडा टोल स्थित असोकनमूना प्राथामिक विद्यालय परिसरमा लगेर बालिकामाथि यौन दुव्र्यवहार भएको हो । आरोपित भारतीलाई पक्राउ गरी अनुसन्धान भई रहेको छ । पीडित बालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षणपछि आफन्तलाई बुझाईएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!