बैतडी - पञ्चेश्वर गाउँपालिका अध्यक्ष माथि आक्रमण

Posted on: 02 Apr, 2019

नरी बडु | चैत्र १९ बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष सहित तीन जनप्रतिनिधिमाथि एक समुहले आक्रमण गरेको छ । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडमा खनिन लागेको सडकको विवाद मिलाएर गाउँपालिका कार्यालयतर्फ फर्कने क्रममा दिउसो करीब ४ बजेतीर अध्यक्ष गोरख बहादुर चन्दमाथि स्थानीय तीन जनाको समुहले आक्रमण गरी हातपात गरेको हो । 

पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य किष्णसिह भण्डारीका अनुसार गाउँपालिका अध्यक्षलाई आक्रमण गर्नेमा स्थानीय बलबहादुर भण्डारी, बिरेन्द्र भण्डारी र हिक्मत भण्डारी हुन् । सदस्य भण्डारीले भने “अध्यक्ष जी माथि एकास्सी गाली गलोज गर्दै ढुंगा र लाठीले आक्रमण गरे हामिले रोक्दा हामी माथि पनि आक्रमण भयो” । 

आक्रमणबाट आफ्नो लुगा च्यातिएको र आफुलाई भिरमा फाल्न प्रयास समेत भएको पीडित गारेख बहादुर चन्दको भनाई छ । आक्रमणबाट अध्यक्ष चन्दको लुगा च्यातिनुका साथै ढुङ्गाले शरीरमा चोत समेत लागेको छ ।  गाउँपालिका अध्यक्षलाई आक्रमण गर्दा छुटाउने क्रममा पञ्चेश्वर गाउँपालिका ४ नं. वडाका वडा अध्यक्ष राज वहादुर चन्द, वडा नम्बर ६ सदस्य कृष्ण सिह भण्डारी र गोविन्द भण्डारीमाथि पनि आक्रमण भएको छ ।  


घटनापछि प्रहरीलाई खबर गर्दा २० मिनेट लाग्ने बाटोमा समेत तिन घण्टा सम्म नआएको पिडीतहरुको गुनासो छ । यता जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी नेत्रमणी गरीले भने प्रहरीलाई घटनास्थलतर्फ पठाएको र यथार्त जानकारी अउन वाकी रहेको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!