रोल्पामा चट्याङमा परी एक युवाको मृत्यु

Posted on: 02 Apr, 2019

चैत १९, रोल्पा (रासस) | गएराति आएको चट्याङमा परी रोल्पाका एक युवाको ज्यान गएको छ । माडी गाउँपालिका–५ भाबाङ सरुवाका २७ वर्षीय ज्योती परियारको चट्याङमा परी मृत्यु भएको हो । 

खाना खादै गरेका परियार चट्याङमा परेका थिए ।  हावाहुरीसँगै आएको चट्याङमा परी परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

 घटनामा एक जनाको मृत्यु भए पनि अन्य क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!