बैतडीमा ट्याक्टर दुर्घटना हुँदा कैलालीका सहचालकको मृत्यु

Posted on: 03 Apr, 2019

कृष्ण बिष्ट | चैत्र २०, बैतडी | बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–१० को बाराकोटमा मंगलबार  दिउसो २ बजे ट्याक्टर दुर्घटना हुँदा कैलालीको टिकापुर नगरपालिका–१ निवासी ट्याक्टरका सहचालक तपेन्द्र पुन मगरको मृत्यु भएको हो ।

सदरमुकाम गोठलापानीबाट झुलाघाटतर्फ गइरहेको से १ त ७०३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी बैतडीका डिएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको थियो । ट्याक्टर चालक दाङ शान्तिनगर गाउँपालिकाका– ६ घर भएका रमेश चौधरी भने सकुशल रहेका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!