सहकारीको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्छ: सांसद केसी

Posted on: 03 Apr, 2019

माधव बेल्वासे | चैत्र २०, कपिलवस्तु | प्रदेश न ५ का सांसद अर्जुन कुमार केसीले सहकारीको लगानी उत्पादमुलक क्षेत्रमा हुनुपर्ने वताएका छन । वचत र ऋणको कारोवार मात्र नगरी सहकारीहरुले नागरिकालाई आत्मनिर्भर बनाउन विभिन्न क्षेत्रमा लगानी लगाउन आग्रह गरे ।

कपिलवस्तुको चन्द्रौटामा आयोजित ६२ औ राष्ट्रिय सहकारी  दिवशको अवशरमा शन्ति पद यात्रा पश्चात भएको कार्यक्रमलाई सम्वोधन गर्दै केसीले यस्तो वताएका हुन । सहकारीहरुले राष्ट्रलाई समृद्ध बनाउन सक्ने भन्दै रोजगारीको सिर्जना पनि सहकारी वाटै हुने दावी गरे । उनले भने –“सहकारीले सामान्य ऋण वढेर होइन एक ठाउ लगानी गरौ जसवाट उत्पादन होस, रोजगारीको सिर्जना होस र देशको पुजि निमार्णमा साहायता होस” ।

वारा र पर्सामा प्रकृतिक प्रकोप वाट ज्यान गुमाएका प्रति श्रदान्जली व्यक्त गर्दै सहकारी संजालले सहयोग उठाएर राहत प्रदान गर्ने तयारी गरेकोमा धन्यवाद दिए । 

कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नक्कली सहकारीलाई बन्द गराउनुपर्ने वताए । सहकारीमा नाममा केहि सहकारीहरुले गैरकानुनी काम गरेको हुनाले त्यस्ता सहकारी लाई यस ठाउमा राख्न आवश्यक नरहेको वताए । शिवराज नगरपालिकामा करिव ३० वढी सहकारीहरु सकृय रुपमा काम गरिरहेकोले सहकारीको कामलाई नगरपालिकाले मुल्याङकन गर्नेै वताए । गाउँ गाउँ वाट थोरै रकम संकलन गरेर ठुलो पुजि बनाई रोजगारी मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । कृषिलाई प्रथमिकता दिएरमा सहकारीले नगरपालिकालाई समृद्ध बनाउ सक्ने जिकिर गरे ।

त्यस्तै सहकारी दिवशको अवशरमा शिवराज सहकारी सञ्जालले  विपतका लागी सहकारी भन्ने नारा सहित सहयोग संकलन गरेको छ । वुधवार चन्द्रौटा शसस्त्र चोकवाट सुरु भएको सहयोग अभियान वाट ९४ हजार ३ सय ५७ रकम संकलन भएको सञ्जालका अध्यक्ष दमन भाटले वताए । संकलन भएको रकम पिडित सम्म पुर्याउने भाटले जनाए ।

कार्यक्रममा नेपाल कृषि सहकारी संघका केन्द्रिय सदस्य वसन्त अर्याल,राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापती विष्णु खतिवडा, वडा अध्यक्षहरु,नगर भित्र रहेका सहकारीका प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!