विप्लव समूहको पर्चासहित वडा कार्यालयमा शंकास्पद वस्तु फेला

Posted on: 03 Apr, 2019

चैत २०, वीरेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिका- ६ को वडा कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ । 

इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार बुधवार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो वस्तु भेटिएको छ ।

नजिकै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति लेखिएको पर्चासमेत भेटिएको मेहेलकुना प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक सर्वजित बलेली मगरले जानकारी दिए । 

उक्त शंकास्पद वस्तु के हो भन्ने बारे पहिचान हुन सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!