समाचार लेखेको भन्दै पत्रकारकी छोरी अपहरण

Posted on: 03 Apr, 2019

चैत २०, रूपन्देही । रुपन्देहीमा समाचार लेखेको भन्दै स्थानीय पत्रकारकी छोरी गोरू तस्करहरूले अपहरण गरेका छन् । 

अपहरणमा परेकी पत्रकारकी छोरी १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा भेटिएकी छिन् । 

गोरु तस्करको विषयमा समाचार लेखेपछि तस्करहरूले पत्रकारकी छोरीको अपहरण गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!