महोत्तरीमा छुट्टाछुट्टै घटनामा परि दुइ बालकको मृत्यु

Posted on: 04 Apr, 2019

चैत २१, गौशाला | महोत्तरीको लोहारपट्टि नगरपालिकामा आज बिहान छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान लोहारपट्टि–३ महदैया बस्ने अख्तर कवाडीका छोरा ६ महिनाका दिलमहमद खाटबाट लड्दा मृत्यु भएको हो । 

आफ्नी आमासँग आफ्नै घरमा सुतेका दूधेबालक महमद आज एकाबिहानै अचानक सुतेकै अवस्थामा खाटबाट लडेपछि उनी नरुने, कराउने र नबोल्ने भएपछि परिवारजनले तत्काल उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै लोहारपट्टि–१ बगडा बस्ने धनी रामका छोरा पाँच वर्षीय आकाशको पनि उपचारका क्रममा आज बिहान जनकपुर अञ्चल अस्पतालमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनलाई यही चैत १४ गतेका दिन बिहान आफ्नै घरमा भात पकाएर राखिएको माड (सीता) मा पोलेर गम्भीर रुपमा घाइते भई अस्पतालमा उपचाररत रहेकामा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!