बाटोमा दिसा गर्ने १७ जना महोत्तरीबाट पक्राउ

Posted on: 04 Apr, 2019

चैत २१, काठमाडौं | खुल्ला दिसामुक्त अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्ने १७ लाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार प्रहरी र खुल्ला दिसामुक्त अभियानकर्मीले आज बिहान जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका विभिन्न वडाबाट १७ लाई बाटोमा दिसा गर्नेलाई पक्राउ गरी ल्याएको छ ।

जलेश्वर नगरपालिका–३, ४, ६ र १२ मा बाटोमा दिसा गर्दै गरेकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेकालाई जनही ५०० जरिवाना गरेपछि छाडिनेछ । महोत्तरी खुल्ला दिसामुक्त गर्न अभियानकर्मी, प्रहरी, प्रशासन सबै एकजुट भएर लागे पनि दैनिकजसो १२ भन्दा बढी मानिस पक्राउ पर्ने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!