पर्वतमा सडक खाना महोत्सवको तयारी तीब्र, म्याग्दीमा पत्रकार सम्मेलन

Posted on: 05 Apr, 2019

पर्वत । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ पर्वतको सदरमुकाम कुस्मामा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । पर्वत जेसीजको आयोजनामा यही चैत ३० गतदेखि २०७६ साल बैशाख २ गते सम्म सडक खानो महोत्सव हुन लागेको हो ।
पर्वत जेसीजको आथिथ्यता र म्याग्दी जेसीजको आयोजनामा विहिबार बेनीमा पत्रकार सम्मेलना गरि महोत्सवको जानकारी दिएका हुन् ।

नेपालीहरुको नयाँ बर्षलाई हर्षोउल्लासका साथ मनाउन र जिल्लामा लुकेर कलासस्कृतिको उजागर, पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादीत चिजहरुबाट बनेको मौलिक खानाहरुको प्रर्वद्धन गर्नका लागि महोत्सव आयोजना गरिएको पर्वत जेसिजका पुर्व अध्यक्ष एवम् महोत्सवका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

सडक महोत्सवबाट विविध जातीको मौलिक परिकारहरुको प्रवद्र्धन, धौलागिरि अञ्चलको धार्मिक तथा पर्यटकियस्थलहरुको पर्यटन प्रवद्र्धन, जिल्ला कलासस्कृतिको विकासका लागि आयोजना गरिएको महोत्सवलाई सफल बनाउन प्रचारप्रसारलाई तिव्रता दिएको पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यले जानकारी दिए ।

महोत्सवमा म.म खाने प्रतियोगिता र जलेवी दौड आयोजना गरिएको छ । कुश्माको लोकतान्त्रीक चोकमा हुने महोत्सवमा २० ओटा स्थानीय उत्पादनहरु राख्ने स्टलहरु रहनेछन् । महोत्सवका लागि २४ लाख ३० हजार आम्दानीसंगै खर्च हुने अध्यक्ष आचार्यले जानकारी दिए ।

जेसिजको आयाजेनामा हुने सडक महोत्सवले पर्वत, बागलुङ र म्याग्दीको प्रमुख पर्यटकीय र धार्मिक स्थलहरुको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने नेपाल जेसिजका पुर्व अध्यक्ष धनज्यकुमार श्रेष्ठले बताए । त्यस्तै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले रमाईलो लागि भन्दा पनि सन्देशमुलक रुपमा महोत्सवलाई संचालन गर्न आयोजकलाई आग्रह गरेका थिए ।

पर्वत जेसिजका अध्यक्ष आचार्यको अध्यक्षता, म्याग्दी जेसिजका अध्यक्ष खम थापामगरको स्वागत मन्तव्य तथा पर्वत जेसिजका महासचिव राम शर्माको संचालनमा भएको कार्यक्तममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य सन्तोष गौतमले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्तमा म्याग्दी र पर्वत जेसिजका पुर्व अध्यक्ष र सदस्यहरुको पनि उपस्थित रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!