भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु , २ जना घाइते

Posted on: 05 Apr, 2019

चैत २२, काठमाण्डौ । भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ ।

बिहीबार राति २ बजेतिर जडिबुटीको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीनजना चढेको स्कुटरमा रहेका सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते हुनुभएको छ । ठक्कर दिएको टिप्परको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । 

गएको बुधबार पनि जडिबुटीमा टिप्परको ठक्करबाट एकजना मोटरसाइकल चालकको ज्यान गएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!