महोत्तरीमा २१ वर्षीया युवती मृत अवस्थामा फेला

Posted on: 05 Apr, 2019

चैत २२, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर २ स्थित मरहा खोला किनारमा एक युवतीको शव फेला परेको छ ।

आन्दाजी २१ वर्षीया युवती खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुक्रवार फेला परेको युवतीको शवको पहिचान हुन सकेको छैन । कसैले दुई दिन पूर्व घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का रहेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!