प्रदेश नं ५ ले हावाहुरीका पीडितलाई १ करोड सहयोग गर्ने

Posted on: 05 Apr, 2019

चैत २२, बुटवल । पाँच नम्बर प्रदेश सरकारले हावाहुरीका पीडितलाई १ करोड सहयोग गर्ने भएको छ ।

गत आइतबारको हावाहुरीबाट घाइते तथा घरबिहीन बनेका बारा र पर्साका पीडितहरुका लागि प्रदेश नं. ५ को सरकारले एक करोड रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निणर्य  गरेको हो । सरकारका प्रवक्ता तथा भौतिक पू्र्वाधारमन्त्री बैजनाथ चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा आर्थिक योजना मन्त्रालयले उक्त सहयोग प्रदान गर्ने बताए ।

यसअधि रुपन्देहीको तिलोत्तमा नगरपनालिकाले ४ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । आईतबार आएको हावाहुरीले पीडित तथा घाईतेहरुलाई यस क्षेत्रबाट अन्य संघ–संस्थाहरुले पनि राहत प्रदानको अभियान थालेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!