चितवनमा गैंडाको आक्रमणबाट पर्यटकसहित २ जना घाइते

Posted on: 08 Apr, 2019

चैत २५, चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली गाइड रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।

जंगल वाकका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरु माथि गैंडाले आक्रमण गरेको हो । सौराहाबाट करिब ६ किलोमिटरभित्र दुधौरा भन्ने ठाउँमा सो घटना भएको जानकारी कार्यालयका प्रमुख वेदकुमार ढकालले जानकारी दिए ।

घाइते विदेशी नागरिकको अवस्था चिन्ताजनक रहेको छ । नाम भने खुलेको छैन । उद्धारका लागि निकुञ्जको टोली त्यसतर्फ गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!