चितवनमा सवारी दुर्घटनामा परि एकको मृत्यु, १ जना सख्त घाइते

Posted on: 08 Apr, 2019

चैत २५, भरतपुर - चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भीर घाइते मोटरसाइकल चालक देवघाट गाउँपालिका–५ का ४१ वर्षीय महेश्वर कँडेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!