बैतडीमा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु

Posted on: 08 Apr, 2019

कृष्ण विष्ट । चैत्र २५, बैतडी । बैतडीमा बैज्ञानिक वन बयवस्थान कार्यक्रम सुरु भएको छ । बारागर सामुदायिक वन पाटन नगरपालिका वडा नं २ बाट बैज्ञानिक वन बयवस्थापन कार्यक्रम सुरु भएको हो । 

वन जंगललाई बैज्ञानिक तरीकाले ब्यवस्थापन गर्नको लागि पहिलो पटक बारागर सामुदायिक वनमा बैज्ञानिक वन ब्यावस्थापन कार्यक्रम सुरु भएको सव डिभिजन कार्यलय पाटनका अधिकृत वकिल झाले जानकारी दिनुभयो । 

सामुदायिक वनलाई दिगो रुपमा ब्यावस्थापन गर्नको लागि यस कार्यक्रमले भुमिका खेल्ने डिभिजन वन कार्यालय बैतडीका प्रमुख वन अधिकृत केसव पारजुलीले जानकारी दिनुभयो । उपभोक्ताहरुको हितमा यो कार्यक्रम सञ्चालन गरीएकोले उपभोक्ताहरुको नै भुमिका रहने उहाले बताउनुभयो ।


वन जंगललाई बैज्ञानिक तवरले जोगाउन आवश्यक कार्यक्रमहरु सञ्चालन गरीने भएको छ । चरीचरण ब्यावस्थापन, काठ ब्यावस्थापन लगायत बजारीकरणमा यस कार्यक्रमले उल्येख्य भुमिका खेल्ने बताइएको छ । 

बारागार सामुदायिक वनमा  बैज्ञानिक वन ब्यावस्थापन कार्यक्र सञ्चालन भएसँगै बृक्षारोपण कार्यक्रम, माउ रुखको पहिचान, ढलापडा रुखको ब्यवस्थापन गरीने जनाइएको छ । उमेर पुगेका रुखहरुलाई कटान गरी सामुदायिक वन मार्फत नै तिनको ब्यवस्थापन गरीने बारागार सामुदायिक वनका अध्यक्ष बाशुदेव पन्तले जानकारी दिनुभयो । 

रुखहरुलाई ६ भागमा बर्गीकरण गरी प्रत्येक १०÷१० वर्षमा वालीचक्र कार्यक्रमलाई निरन्तरता दिइने सव डिभिजन कार्यलय पाटनका अधिकृत वकिल झाले बताउनुभयो । बैज्ञानिक वन ब्यावस्थापन कार्यबिधि २०७० को अधिनमा रही आवस्यक कार्यक्रमहरु सञ्चालन गरीने उहाको भनाइ छ । 

बैज्ञानिक वन ब्यावस्थापन कार्यक्रम सञ्चालन भएको बारागर सामुदायिक वनमा प्रत्येक दश दश वर्षे कार्यमक्रहरु सञ्चालन गरीने बारागर सामुदायिक वन पाटन २ का अध्यक्ष बशुदेव पन्तले जानकारी दिनुभयो । सामुदायिक वनलाई स्तरोउन्नती गर्नको लागि सो कार्यक्रम लागु भएको हो । सामुदायिक वनका उपभोक्ताहरुलाई समाजिक, आर्थीक र बाताबरणिय फाइदा पुग्ने  बिश्वास गरीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!