कन्चनपुरमा एक युवकद्वारा कोदालो प्रहार गरी सासुको हत्या

Posted on: 09 Apr, 2019

चैत २६ महेन्द्रनगर । आपसी विवादको विषयलाई लिएर कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक युवकले कोदालो प्रहार गरी दाइकी सासुको हत्या गरेका छन् । 

लालझाडी गाउँपालिका १ बिनावारीका २५ वर्षीय निरज रानाले सासु पर्ने वर्ष ५० की बासमति रानाको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

आपसी विवादमा दाजुकी सासुको हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । प्रहरीले हत्या गर्ने निरज रानालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!