जाजरकोटमा जीप दुर्घटना हुँदा ७ जना घाइते

Posted on: 09 Apr, 2019

चैत  २६, जाजरकोट । नलगाड नगरपालिकाको तल्लुबाट दल्लीतर्फ आइरहेको ग १ ज ५८१२ नम्बरको जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । 

जाजरकोट – डोल्पा  सडक खण्डअन्तर्गत नलगाड – ९ दारिमपाटामा आज अपराह्न दुर्घटना हुँदा जीप भेरी नदीमा खसेको थियो । घाइते सबैलाई उपचारका लागि रुकुमको आठबीसकोट नगरपालिकाको राडीस्थित मेडिकल क्लिनिकमा ल्याइएको छ । घाइतेमध्ये तीन जना गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । तीव्र गतिमा भएका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो सडक खण्डमा पुराना जीप चल्ने गरेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!