कास्कीमा चट्याङ लागेर ३ जना घाइते

Posted on: 10 Apr, 2019

चैत २७, पोखरा | कास्कीको रुपा गाउँपालिका काप्लेडाँडामा चट्याङ लागेर ३ जना घाइते भएका छन् । स्थानीय ४२ वर्षीय पार्वती कुमाल र उनका दुई छोरी ११ वर्षीया समीना र १८ वर्षीया चन्द्रकुमाल मंगलबार चट्याङ लागेर घाइते भएका हुन् । 

घाइतेमध्ये समीना कुमालको पोखराको चरक अस्पतालको आइसियुमा उपचार भएको र दुईजना आमा छोरी भने उपचारपछि घर फर्केको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

चट्याङ लागेर अन्य ४ जना पनि समान्य घाइते भएको अध्यक्ष ओझाले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!