हावाहुरी पिडितलाई विद्यार्थीको सहयोग

Posted on: 11 Apr, 2019

चैत २८, जुम्ला । भिषण हावाहुरीबाट प्रभावीत बारा र पर्साका बालबालिकालाई राहत स्वरुप जुम्लाका विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । 

हुरी पिडित बालबालिकालाई शैक्षिक सामाग्री ब्यवस्थापन स्वरुप जुम्लाका विद्यार्थीले विभिन्न ब्यक्तिबाट संकलन गरेको नगद १७ हजार रकम राहत कोषमा पठाईदिएका हुन् । प्राज्ञीक विद्यार्थी परिषद नेपाल जुम्लाका नगर ईकाइ समिति सचिब सारदा पँछाईको नेतृत्वमा विद्यार्थीहरुले राहत संकलन गरेका थिए । 


‘थोपा थोपा मिलेर सागर बनेजस्तै देशभरबाट सबैले थोरै थोरै रकम सहयोग गरेमा बारा र पर्साका सबै बालबालिकालाई राहत पुग्छ’ सचिब सारदा पँछाईले भनिन्, ‘हामीले एक छाक नास्ताको रकम समेत बचाएर सहयोग गरेका छौ, यसले पक्कै पनि पिडित विद्यार्थीलाई सहयोग पुग्नेछ ।’ कुनै पनि प्राकृतिक विपत्तिमा सबैभन्दा बढि बालबालिका तथा विद्यार्थीहरु प्रभावित हुने भन्दै जुम्लाका विद्यार्थीले पठाएको राहत बारा र पर्साका विद्यार्थीकै हातमा पुग्ने उनले अपेक्षा गरीन् । हिमाल, पहाड, तँराई देशभर जँहा रहेपनि दुःखमा एक अर्कालाई सहयोग गर्नुपर्ने जुम्ली विद्यार्थीको भनाई छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!