पूर्व राजा ज्ञानेन्द्रको गाडीको ठक्करबाट एकको मृत्यु, १ जना घाइते

Posted on: 11 Apr, 2019

चैत २८, विराटनगर | मोरङमा पूर्व राजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  बुधबार राती शाहले चढ्ने गरेको बा ३ च ७९६२ नम्बरको कारले मोरङ सुन्दर हरैंचा —४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी —८ का हेम चौधरीको मृत्यु भएको हो।

कारले ठक्कर दिएपछि घाइते मोटरसाइकल चालक प्रकाश चौधरी र हेम चौधरी गम्भीर घाइते भएका थिए । दुवैलाई  उपचारका लागि विराटनगर स्थित नोवेल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारका क्रममा हेम चौधरीको राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमणमा आउँदा सोही कार चढ्ने गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!