सल्लीबजारमा जिविकोपार्जन तथा पोषण सुधार कार्यक्रम सम्पन्न

Posted on: 11 Apr, 2019

इन्द्र बुढाथोकी, चैत्र २८, सल्यान | जिल्लाका सिमान्तकृत सामुदायका लागी जिविकोपार्जन मूल्यशृंखला तथा पोषण सुधार कार्यक्रम बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा एक कार्यक्रमकाबिच समापन गरिएको छ । 

३ वर्ष देखी बनगाड कुपिण्डे नगरपालिका वडा न ८, ९, १०, ११, १२ वडा (साबिको कुपिण्डे दह, माझकाडा र निगाल्चुला गाविसमा) मा चल्दै आएको कार्यक्रम आज समापन भएको छ । 

आर आर एन लिवर्ड र आसमानको सयुक्त आयोजना कार्यक्रम चल्दै आएको थियो । क्षमता अभिवृद्धि गर्ने, आय आर्जन बढाउने देखी सिचाइ कुलो निर्माण, बिउबिजन उत्पादन, तरकारी खेती तर्फ आकर्षण गर्नुको साथै बाख्रा पालन सम्बन्धि काम गरेको थियो । 

कुपोषणमा परेका बालबालिकालाइ कुपोषण हुन बाट बचाउनुको साथै कुपोषित बालबालिकालाइ कुपोषण पुण स्थापना केन्दमा पठाउन सहजीकरण गरेको थियो । कार्यक्रममा सहभागीहरुले आफुहरुलाइ सस्था।आएदेखी जिवन स्थरमा परिवर्तन आएको र यसलाई निरंतरता दिन आग्रह गरेका छन । आफ्नो गाउ घरमा भएको सिचाइ कुलो, तरकारी खेति, बाख्रा पालन, तरकारी सङ्कलन केन्द्र समेत बनाएर जिवन स्तरमा परिवर्तन गर्नुको साथै आय आर्जनमा वृद्धि गरेको  सहभागी तर्क शाहले जानकारी दिनु भएको छ । सस्थाले कार्यक्रम सम्पन्न गरेर गए पनि अब स्थानीय सरकारले यसलाई निरन्तरता दिनु पर्नेमा सहभागीले जोड दिएका छन ।  

कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुनले कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको र यसलाई सके सम्म अन्य माध्यम बाट भए पनि सस्थालाइ निरंतरता दिन आग्रह गर्नु भएको छ । 

आफुहरुले बिगतमा अनुगमन र त्यसले गरेका कामको निरंतरतामा कहि कमि भए पनि अब त्यता ध्यानाकर्षण गर्ने बताएका छन । कार्यक्रम नगर उप प्रमुख मन्जु यरि, वडा अध्यक्षले आफ्नो क्षेत्रमा आएर जनताको जिवन स्तरमा केहि परिवर्तन गरि आय आर्जन वृद्धि गर्न सिकाएर गएकोमा सस्थालाइ धन्यवाद व्यक्त गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!