हावाहुरी प्रभावित १ सय ७० विद्यार्थिलाई सहयोग

Posted on: 12 Apr, 2019

चैत २९, मकवानपुर | बारामा आएको हावाहुरी प्रभावित विद्यालयका विद्यार्थिलाई पर्बतबाट सहयोग गरिएको छ । 

बाराको फेटा गााँउपालिका स्थित नेपाल राष्टिय प्राविका १ सय ७० विद्यार्थिलाई पर्बतबाट संकलित सहयोग हस्तानान्तरण गरिएको हो । पर्बतको पैयू गाँउपालिका ,हुबास बाट संकलन भएको १ लाख १० हजार बाट शैक्षिक सामाग्री र हुरीका कारण ज्यान गुमाएकाको परिवारलाई नगद सहयोग पनि गरिएको थियो ।

विद्यालयका विद्यार्थीलाई झोला,कपी,कलम,इरेजर लगाएतका शैक्षिक सामाग्री सहयोग गरिएको हो । संकलित सहयोग पैयूबासीको तर्फबाट अशोक बख्रेल,रविन्द्र,गौतम,सन्दिप तिवारी र धिरेन्द्र मण्डलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । सहयोग ग्रहण गर्दै विद्यालय ब्यवस्थापन समितीका अध्यक्षले पर्बतबाट भएको सहयोगबाट राहत महसुस गरिएको भन्दै आगामी दिनमा पनि सहयोगको आशा गरिएको बताउनुभयो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!