काभ्रेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Posted on: 12 Apr, 2019

चैत २९, बनेपा । काभ्रेपलाञ्चोकको बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

आज साँझ बनेपा नगरपालिका–१३ भैँसेपाटी चोक नजीकै बा७९प ९३८८ नंको मोटरसाइकललाई ना३ख ६७८३ नंको ट्रकले पछाडिबाट ठक्कर दिँदा बनेपा नगरपालिका–५ का २८ वर्षीय गणेश तामाङको मृत्यु भएको हो । उनको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक दीपक रायले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीया यशोदा हमाल गम्भीर घाइते भएकी छिन् । उनलाई  उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल लगिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!