आजबाट शुरु हुँदै छ पर्वतको पहिलो सडक खाना महोत्सव

Posted on: 13 Apr, 2019

पर्वत : पर्वत जेसीजको आयोजनामा पर्वतमा नै पहिलो पटक आजबाट शुरु हुन लागेको पहिलो सडक खाना महोत्सवको सबै तयारी पूरा भएको छ ।

जेसिजका अध्यक्ष मोहन आचार्यले दिनुभएको जानकारी अनुसार महोत्सका लागि स्टल र स्टेज निर्माण गर्ने काम पूरा भैसकेको छ । त्यस्तै, व्यवस्थापन पक्षका अरु सबै तयारीहरु पनि पूरा गरिएका छन । महोत्सवको उद्घाटन आज दिउसो १ बजे गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गर्नुहुनेभएको छ ।

कुश्माको लोकतान्त्रिकचोकदेखि एभरेष्ट बैंक अगाडिसम्मको सडकमा गरिने सडक खाना महोत्सवमा स्थानीय खानाका परिकारहरु राखिएका २० ओटा स्टलहरु निर्माण गरिएका छन । सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ चैत ३० गतेदेखि वैशाख २ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।

जेसिजका अध्यक्ष आचार्यले नेपाली नयाँ बर्ष मनाउन, पर्वतका सांस्कृति, पर्यटकीय तथा धार्मिक ठाउँको प्रवद्र्धन गर्न, जेसिज अभियानलाई सशक्त बनाउन, स्थानीय कला, संस्कृति र मौलिकतालाई झल्काउन, स्थानीय परिकारको स्वाद चखाउन, पर्वतमा उत्पादित बस्तुहरुको प्रवद्र्धन गर्न र साना तथा घरेलु उद्योग र व्यवसायलाई टेवा पु¥याउनको लागि सडक खाना महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा स्टल राख्ने तथा अवलोकन गर्नेहरुलाई निशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाईएको पनि पर्वत जेसिजले जनाएको छ । करीब २५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा मःम खाने प्रतियोगिता, जलेवी दनैड लगायतका प्रतियोगिताहरु पनि राखिने भएको छ । महोत्सव सम्पन्न गर्नका लागि झण्डै २५ लाख रुपैयाँ खर्च लाग्न सक्ने अनुमान गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय लोक कलाकारहरुको साथै हाँस्य कलाकारहरुको पनि प्रहसन रहने छन । पर्वत जिल्लामा जेसीजको स्थापना सन् १९९६ मा भएको थियो । यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको जेसिजले बिभिन्न सामाजिक सेवाका कामहरु पनि गर्दै आईरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!