सर्लाहीमा बस दुर्घटना हुँदा तीनको मृत्यु, ३१ जना घाइते

Posted on: 14 Apr, 2019

 वैशाख १, सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशीय बागवानी नजीक आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ घाइते भएका छन् । 

मृत्यु हुनेमा सुनसरी जिल्ला रामधुनी नगरपालिका–९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका–६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बा३ख १३१८ नंको बस रिजर्भ गरेर घर फर्किंदै गर्दा आज बिहान साढे ४ बजे उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले बताउनुभयो । तीव्र गतिमा रहेको बसको स्टेरिङ मोड्दा सडक छेउको रूखमा ठोकिन गई दुर्घटना भएको उहाँले बताउनुभयो । 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागविराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!