भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

Posted on: 15 Apr, 2019

,  वैशाख २,   सोलुखुम्बु । सोलुखुम्बुमाप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।

 काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले  आइतबार साँझ बन्दुकमा गोली  भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लुु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!