बैतडीमा आत्माहत्याको बिकराल रुप, एकै बर्षमा २६ जनाले आत्माहत्या गरे

Posted on: 15 Apr, 2019

कृष्ण बिष्ट | वैशाख २, बैतडी | बैतडीमा आत्मा हत्याको घटना बिकराल बन्दै गएको छ । जिल्लामा २०७५ बैसाख देखि चैत्र मसान्त सम्म २६ जानाले आत्माहत्या गरेको घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन ।

आत्मा हत्या गर्नेमा पुरुसको तुलनामा महिला बढि छन । २६ जाना मध्ये १७ महिला र ९ जाना पुरुस रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । २० जानाले झुन्डीएर आत्माहत्या गरेका छन भने ६ जानाले बिष सेवन गरी आत्माहत्य गरेको जनाइएको छ । झुन्डीएर आत्माहत्या गर्ने २० जना मध्ये १३ जाना महिला र ७ जाना पुरुस रहेका छन भने ६ जाना बिष सेवन गरी आत्माहत्या गर्नेमा ४ महिला र २ पुरुस रहेका छन ।

यस्तै २०७५ साल बैसाख देखि चैत्र मसान्त सम्म ५ जानाको हत्या भएको छ । जस मध्ये ३ महिला र २ पुरुस रहेका छन । यस्तै ०७५ साल चैत्र मसान्त सम्म ढुङ्गा लागेर २ जाना पुरुसको मृत्यु भएको छ । यस्तै पानिमा ढुबेर भएका २ घटना मध्ये १ महिला तथा १ पुरुसको मृत्यु भएको छ । यस्तै जिल्लामा ७ जानाको बेवारीसे सव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भीर बाट लडेर ६ जानाको मृत्यु भएको छ भने  १ जानाको करेन्ट लागेर ज्यान गएको छ । 

यस्तै जिल्ला प्रहरिकार्याल बैतडीका अनुसार ०७५ सालमा ८ जानाको विभिन्न दुर्घटनामा परि  मृत्यु भएको छ । जस  मध्ये ७ पुरुस र १  महिलारहेको  प्रहरिले  जनाएको  छ   ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!